सेयर बजारको उतारचढावलाई सरकार विरुद्धको प्रमुख आर्थिक एजेन्डा बनाउँदै काँग्रेस

  २०७५ कार्तिक २९ गते ६:४९     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले नयाँ सरकारको गठनपछि नेपाली पुँजीबजारको क्षेत्रमा आएको उतारचढावलाई वर्तमान सरकारविरुद्धको प्रमुख आर्थिक एजेन्डा बनाउने भएको छ । काँग्रेसको आसन्न महासमिति बैठकका लागि तयार गर्न लागिएको आर्थिक प्रस्तावका क्रममा काँग्रेस निकट विज्ञहरुले सो विषयलाई प्रमुख एजेन्डा बनाउन सुझाव दिएका छन् । वर्तमान सरकारले लिएकाे नीति र उसकाे व्यवहारिक चरित्रका कारण निजी क्षेत्रले खुलेर व्यवसाय गर्ने वातावरण नभएकाे र त्यसकाे प्रत्यक्ष असर शेयर बजारमा देखिएकाे भन्दै विज्ञहरुले साना ठूला लगानीकर्ता अट्नसक्ने क्षेत्र भएकाे हुनाले साे एजेन्डा उठाए त्यसले अाम सर्वसाधारणकाे भावनालार्इ प्रत्यक्ष समेट्न सक्ने सुझाव विज्ञहरुकाे थियाे ।

बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा आयोजित विज्ञ भेटघाटका क्रममा सहभागीहरुले पार्टीको अबको आर्थिक एजेन्डा कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा सुझाव दिएको संसदसमेत रहेका काँग्रेसको आर्थिक विभाग प्रमुख दिव्यमणि राजभण्डारीले बताए । छलफलको क्रममा डा. स्वर्णिम वाग्ले, डा. गोविन्दराज पोखरेल, डा. जगदीशचन्द्र पोखरेल, डा. विश्व पौडेल, डा. शंकर शर्मा, दुर्गेशमान सिंह, भानु आचार्य, कृष्ण ज्ञवाली, डा. लक्ष्मीराज पाठक लगायतको सहभागिता थियो ।

बदलिँदो आर्थिक परिवेशअनुकुलको पार्टीको आधिकारिक आर्थिक नीति तर्जुमा गर्न नेपाली काँग्रेसले विज्ञ तथा व्यवसायीहरुसँग सुझाव संकलन सुरु गरेको हो । काँग्रेसले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघसँग आवद्ध व्यवसायीहरुसँग छलफल गर्नेछ । त्यसका लागि उसले बिहीबार दिउँसो महासंघको कार्यालय टेकुमा छलफल कार्यक्रमको आयोजना समेत गरेको छ ।

छलफलमा एफएनसीसीआई सहित नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई आमन्त्रण गरिए पनि उनीहरुको उपस्थितिको आधारमा थप छलफल एवं सुझाव संकलनको निर्णय गरिने सहमहामन्त्री प्रकाशशरण महतले बताए । विज्ञ र व्यवसायीहरुले दिएको सुझावकै आधारमा बदलिँदो आर्थिक परिवेशमा विपीको सिद्धान्तअनुरुपको आर्थिक नीति समेत बनाइने महतको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.