नेप्से ९ अंकले उक्लियो, मेगा बैंक सहित ५ कम्पनीको एक करोड बढी सेयर कारोबार

  २०७५ असोज २५ गते १५:१५     विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक ९.०३ अंकले बढेर १२२७.३६ अंकमा पुगेको छ । सो दिनको बजार अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले उकालो लागेको हो ।

बजार खुलेदेखि उकालो लागेको बजारमा कुल १६५ कम्पनीको सेयर किनबेच भएको छ । ८ लाख ६२ हजार कित्ता सेयर २५ करोड २२ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । कुल कारोबार मध्ये सबैभन्दा बढी मेगा बैंकको सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन एक करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ ।

त्यस्तै, एक करोड रुपैयाँ भन्दा बढी सेयर करोबार गर्नेमा मेगा सहित अन्य ४ कम्पनीहरु रहेका छन् । एनआईसी एशिया बैंकको एक करोड ५१ लाख, एनएमबी बैंकको एक करोड ३८ लाख, जनता बैंक नेपालको एक करोड २० लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

एकल अंकले बढेको बजारमा सबैभन्दा बढी यूनाईटेड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७.९५ प्रतिशतले बढेको छ । सो दिन निर्जीवन बीमा समूहको सूचक ४८ अंकले उकालो लागेको छ । उत्पादन मूलक १२ र होटल समूह ३१ अंकले ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.