‘निरक्षर उन्मूलनमा सबैको सहभागिता आवश्यक’ : मन्त्री गिरिराजमणि पोखरेल

  २०७५ असोज १६ गते १०:१८     विकासन्युज

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताए।

मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने बाटए। शिक्षा विधेयक पारित भएर प्रमाणीकरणसमेत भएको कुरालाई उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ थियो । सबै तहका सरकार, राजनीतिक दल, सामाजिक क्षेत्र र आम जनताको सक्रियताले नै निरक्षर उन्मूलन गर्न सकिने उनले बताए।

“सरकारले केही गरेन भन्ने प्रतिपक्षीको आरोपलाई आफ्नो निरासाको कारण नबनाउनुहोस्,” उनले भने, “आ–आफ्ना तहमा विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न सहयोग पु¥याउनतर्फ लाग्नुपर्छ ।” जिल्लाका १५ वटै स्थानीय तहका पार्टी कमिटीमा निरक्षर उन्मूलनसम्बन्धी अभियानसँग जोडेर प्रस्ताव नै बनाएर छलफल र निर्णय गर्न उनले पार्टी कार्यकर्तासँग अपिल गरेका छन्।

“यस अवधिमा संविधानले निर्दिष्ट गरेअनुसार मौलिक हकसम्बन्धी १५ वटै विधेयक पारित भएर प्रमाणीकरण भएका छन्, यसलाई उपलब्धिको सूचीमा राख्नु पर्छ । शिक्षा अब अनिवार्य र निःशुल्क हुने कुरा कानूनले नै ग्यारण्टी गरेको छ,” उनले भने। मन्त्री पोखरेल आज सिरहा र सर्लाहीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.