एभरेष्ट बैंकका कार्ड होल्डरले स्टार हस्पिटलमा छुट पाउने

  २०७५ असोज ७ गते १९:३०     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुले स्टार हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । उक्त छुट दिने सम्बन्धि एभरेष्ट बैंक र स्टार हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका छन् ।

यो छुट बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्स्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसिनमा पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.