सिद्धार्थ बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

  २०७५ भदौ ३१ गते १७:५०     विकासन्युज

काठमाडौं । अब सिद्धार्थ बैंकबाट प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु बैंकको जुनसुकै शाखाबाट दिने बताएका छन् । साथै, उनले नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने जानकारी गराएका छन् ।

बैंकले हाल देशभर १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा र १३१ एटीएम मार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.