सामसुङ प्लाजाले आस्मा फाउन्डेसनलाई दियो २ लाख ५० हजार

  २०७५ साउन १ गते १८:१९     विकासन्युज

काठमाडौं । सामसुङ प्लाजा हिम इलेक्ट्रोनिक्सले आफ्नो १५ वर्ष पुरा गरेको छ । उक्त अवसरमा कम्पनीले आस्मा फाउन्डेसनलाई २ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीले मंगलबार उक्त फाउन्डेसनको अध्यक्ष कमल केशरी तुलाधरलाई सो मात्राको चेक हस्तान्तरण गरेको हो । उक्त फाउन्डेसनले निर्मल विद्यापथ स्कुलका २७ जना छात्राहरु र अजाद स्कुलका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको पूरा स्कलरसिप, स्कुल ड्रेस र स्टेशनरी सामाग्री दिएकोे छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई यो सानो सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेका छ ।

सामसङ इलेक्ट्रोनिक्सको नेपालको लागि वितरक हिम इलेक्ट्रोनिक्स हो । सामसुङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरुको लागि ब्रान्ड आउटलेट हो जहाँ इनोभेषन, एड्भान्स तथा सयम सापेक्ष इलेक्ट्रोनिक्स उत्पादनहरु पाइन्छ । जहाँ स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेसहरु पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.