२०७५ असार २७ गते १७:३८ विकासन्युज
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बुधबार आफ्नो १२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवको अवसरमा एक्सप्रेसले बाल सारथी संस्थालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
साथै, उक्त संस्थालाई एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । सो रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागि एक हप्ताका लागि रासन पानीमा खर्च गरिने उक्त संस्थाका संस्थापक माला खरेलले जानकारी दिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.