२०७५ असार ७ गते ८:५२ विकासन्युज
काठमाडौं । तपाई नयाँ घर बनाउने तयारीमा हुनुहुन्छ ? नयाँ घर किन्ने सोचमा हुनुहुन्छ ? तपाईसंग घर किन्न र बनाउन पर्याप्त पैसा छैन ? अब चिन्ता नलिनुस सस्तो ब्याजदरमा तपाईलाई नविल बैंकले आवास कर्जा दिनेछ ।
बैंकले नविल फास्टट्रयाक घर कर्जा योजना ल्याएर छिटो, सरल प्रक्रिया र सस्तो ब्याजमा कर्जा दिने भएको हो । बैंकले वार्षिक १०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिनेछ । यो सस्तो घरकर्जा हो । यो योजना अन्र्तगत घरजग्गा खरिद वा घर निर्माण, निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने नविलले जानकारी दिएको छ ।
यस्तै बैंकले घरको मर्मत सम्भार तथा थप निर्माणमा समेत कर्जा दिने जानकारी दिएको छ । कर्जा अवधि १५ वर्षको हुने छ । यसैगरी रिफाइनान्स र कर्जा स्थानान्तरणको समेत सुविधा भएको बैंकले जनाएको छ । यो ब्याजदर सीमित अवधिका लागि मात्र भएको बैंकले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.