२०७५ असार ६ गते १२:४० विकासन्युज
काठमाडौं । सिभिल बैंकको १०.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकको स्वीकृत प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।
सभाले पारित गरे पश्चात कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस वितरण गर्ने भएको छ । साथै, कर प्रयोजनको लागि ०.५४ प्रतिशत(अर्थात ३ करोड ९१ लाख रुपैयाँ) नगद लाभांश दिने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.