२०७५ असार ३ गते १४:२८ विकासन्युज
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी असार १२ गते बुक क्लोज हुने भएको छ । संस्थाको हालै सम्पन्न ६४औँ बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
फाइनान्सले २ बराबर १ को अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ३ करोड ७९ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको पुँजी ५ करोड ६८ लाख रुपैयाँ पुग्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.