किस्ट शिक्षण अस्पतालद्धारा लुभुको प्राथमिक स्वास्थ केन्द्रमा दन्त परीक्षण शुरु

  २०७५ जेठ ३ गते १९:१०     विकासन्युज

ललितपुर । किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक स्वास्थ केन्द्रमा बिहीबार(आज)बाट दन्त परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । किस्ट शिक्षण अस्पतालका अध्यक्ष आशिष थापा तथा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संयुक्त रूपमा स्वास्थ केन्द्रमा रिबन काटी सेवा शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा मेयर श्रेष्ठले यो नगरपालिकामा हालदन्त सेवा सुचारू गरी सहज सेवा पुर्याउने लक्ष्य लिएको किस्ट अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् ।

किस्ट अस्पतालले निकट भविष्यमा नै महिला-स्वास्थ्य, बालबालिका, हाडजोर्नी, औषधोपचार लगायत विभिन्न स्वास्थ शिविरहरू सुरुवात गर्ने नीति लिएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.