३० हजार मेट्रिक टन डीएपी खरिद गर्न कृषि सामग्री लिमिटेडद्वारा ठेक्का आह्वान

  २०८१ जेठ २९ गते १६:३१     विकासन्युज

काठमाडौं । डीएपी मल खरिदका लागि कृषि सामग्री लिमिटेडले ठेक्का आह्वान गरेको छ ।

कम्पनीले मंगलबार ३० हजार मेट्रिक टन डीएपी मल ई बिडिङमार्फत खरिद गर्न ठेक्का आह्वान गरेको हो ।

यसका लागि जुलाई २६ सम्म कृषि सामग्री कम्पनीमा बोलपत्रदाताले आवेदन दिइसक्नुपर्ने कम्पनीको सूचनामा उल्लेख छ ।

कम्पनीका अनुसार डीएपी मल आगामी आर्थिक वर्ष गहुँ बालीका लागि खरिद गर्न लागिएको हाे ।

अहिले कम्पनीमा ९८ हजार ६ सय २९ मेट्रिकभन्दा बढी मल मौज्दात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.