२०८१ जेठ २९ गते ७:५२ विकासन्युज
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले विभिन्न सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४० हजार ९ सय १४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने यो सेयर इच्छुक सेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्ने छ ।
तोकिएको समयमा आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.