नेप्सेमा हरियाली, लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा

  २०८१ जेठ २८ गते १५:३३     विकासन्युज

काठमाडौं । आज साताको दोस्रो काराेबार दिन सेयर बजार परिसूचक नेप्से ०.४२ प्रतिशतले बढेको छ ।

साेमबार  नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३१४ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज १७९ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ९ को स्थिर रह्यो ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूहको सेयर ५०.७४ अकंले बढेर २५७७.८२ बिन्दुमा पुगेको हो । त्यस्तै हिजो सबैभन्दा धेरै बढेको होटल तथा पर्यटन समूह आज ०.९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै म्युचअल फण्ड ३.७४ प्रतिशतले घटेको छ ।

सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.