जनकनन्दिनी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका

  २०८१ जेठ १७ गते ८:३२     विकासन्युज

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको छ । ६ वटा वडाको गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए ।

१६ महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्य तयारी भइरहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.