मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी

  २०८१ जेठ ३ गते १३:५४     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा ३१ औं मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गरे ।

मदन-आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको बताए । दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने जानकारी दिए ।

‘मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ । उहाँहरुले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गरिरहनुभएको थियो । त्यस्ता नेताहरुको असाध्यै षड्यन्त्रपूर्ण ढंगले र रहष्यपूर्ण ढंगले हत्या भएको हो । ३० वर्ष होस् की सय वर्षपछि होस्, हत्या हत्या नै हो, अपराध अपराध नै हो । त्यो जीपबाट खसाएर मारिएको होइन, त्यो भन्दा अघि नै मारिएको हो भन्ने स्पष्ट छ’, उनले भने ।

नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेकाे बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरु रहेको भन्दै स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.