सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम गर्दै

  २०८१ वैशाख ३१ गते १३:४१     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही आउदो मे १९ तारिख युएईस्थित बरदुबईको एसके ७ क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुती दिने भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएई बाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरनञ्जन दिलाउने हेतुले कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.