टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प

  २०८१ वैशाख ७ गते ९:५०     विकासन्युज

काठमाडौं । टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीवार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।

राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको एएफएडीले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । भूकम्पको धक्का छिमेकी प्रान्तमा महशुस गरिएको निजी प्रशारक एनटिभीले जनाएको छ ।

एएफएडी र अन्य सम्बन्धित एजेन्सीहरूका टोलीहरूले घटनास्थलमा स्थितिको अनुसन्धान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.