सिटिजन्स बैंकले घटायो खराब कर्जा, नाफा १ अर्ब २१ करोड रुपैयाँ

  २०८१ वैशाख ७ गते ८:०६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले खराब कर्जा घटाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा बैंकको खराब कर्जा सामान्य घटेर ३.७६ प्रतिशतमा झारेको हो । गत वर्षको चैतमा ३.९८ प्रतिशत खराब कर्जा थियो ।

चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा बैंकको खुद नाफा २ प्रतिशत घटेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्म बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३९ करोड ९१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब २० करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ८९ लाख रुपैयाँ छ । गत वर्ष यस्तो नाफा ४१ लख ५ हजार रुपैयाँ थियो ।

बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष ७ अर्ब ९ करोड रुपैयाँ छ । चैतसम्म बैंकले १ खर्ब ८२ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.३७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.९८ रुपैयाँ रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.