नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ८ प्रतिशत बढ्यो

  २०८१ वैशाख ७ गते ६:४९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.२१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १७२.५७ रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको खरा कर्जा बढेर ४.६६ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३.९४ प्रतिशत खराब कर्जा थियो । साथै, बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.