२०८१ वैशाख ७ गते ६:२४ विकासन्युज
काठमाडौं । प्रभु बैंकको वितरणयोग्य नाफा साढे १६ करोड रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा १८ करोड २९ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो ।
९ महिनाको अवधिमा बैंकले पौने २ अर्ब रुपैयाँ नाफा गरेको छ । चैतसम्म बैंकले १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ ।
बैंकको तथ्याङ्क अनुसार खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.४८ प्रतिशत थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.