२०८१ वैशाख ७ गते ५:५३ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा पौने १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ तेस्रो त्रैमासमा खुद नाफा ३६ प्रतिशत घटेर ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो ।
चैत मसान्तसम्म बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।
साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले १ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा २.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.६८ प्रतिशत पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.