भिटामिन ए खुवाउने अभियान सञ्चालन (फोटोफिचर)

  २०८१ वैशाख ६ गते १४:३२     विकासन्युज

काठमाडौं । सरकारले वैशाख ६ र ७ गते आजबाट बालबालिकालाई भिटामिन ए खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो ।

सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ । सोही अभियान अन्तर्गत राजधानीको विभिन्न वडाहरूमा बालबालिकालाई भिटामिन ए खुवाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.