यी ६ जडीबुटी जसले शरीरमा गर्मी बढ्न दिँदैनन्

  २०८१ वैशाख ५ गते १८:०६     विकासन्युज


काठमाडौं । गर्मीयाम सुुरु भएसँगै कसरी स्वस्थ जीवन जिउने भनेर धेरैलाई पीर हुन्छ । अझ तराई लगायत बढी गर्मी हुने ठाउँका नागरिकलाई स्वास्थ्य समस्याले बढी सताउँछ । यो बेलामा कस्ता खानेकुरा खाँदा स्वस्थ रहन र गर्मीसँग जुध्न सकिने भन्ने उत्सुकता हुन्छ । यो मौसममा शरीरमा देखिने समस्यालाई व्यवस्थापन गर्न पनि उत्तिकै जरुरी हुन्छ, अन्यथा शरीरले धेरै कष्ट भोग्नुपर्छ । गर्मीमा धेरै महँगो पनि नपर्ने सजिलै घरवरपर पाइने केही जडीबुटीहरू छन् । जसको मद्दतले तपाईं शरीरको तापलाई सन्तुलित राख्न सक्नुहुन्छ । यी ६ जडीबुटीको बारेमा जानौँ

धनियाँ

धनियाँलाई चिसो जडीबुटीका रूपमा चिनिन्छ । यसको शीतल गुणहरूले शरीरको गर्मी कम गर्न मद्दत गर्दछ । धनियाँमा एन्टिअक्सिडेन्ट, एन्टी–क्यान्सर र न्यूरोप्रोटेक्टिभ गुण हुन्छ । यसबाहेक यसले रगतमा चिनीको मात्रालाई पनि कायम राख्छ । यी सबै कारकहरूले यसलाई गर्मी मौसममा धेरै विशेष र प्रभावकारी जडीबुटी बनाउँछन् । अब तपार्इंले आफ्नो आहारमा धनियाँलाई सूप, सस र सलादको रूपमा समावेश गर्न सक्नुहुन्छ, यसबाहेक धनियाँको दानाबाट बनेको चिया पनि फाइदाजनक हुन्छ ।

पुदिना

गर्मीमा पुदिना सेवनले शरीरलाई शितलता प्रदान गर्छ । गर्मीमा यो छाला, ओठ, पाचन प्रणाली र समग्र शरीरको लागि धेरै लाभदायक साबित हुन्छ । विशेष गरी यसले गर्मीमा हुने पाचन समस्याको उपचार गर्छ । जसले गर्दा पेट चिसो रहन्छ र शरीरको तापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यस बाहेक यसमा एन्टी–माइक्रोबियल र एन्टी–इन्फ्लेमेटरी गुणहरू पाइन्छ, जसले शरीरमा आरामदायी प्रभाव उत्पन्न गर्छ । पुदिनाको चिया, चटनीको साथसाथै यसबाट कूलिङ ड्रिंक्स तयार गरी आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ ।

गुलाफ

गुलाफ प्राचीन कालदेखि नै परम्परागत जडीबुटी औषधीको रूपमा प्रयोग गरिँदै आएको छ । यसमा एन्टी–इन्फ्लेमेटरी गुणहरूले यसलाई विशेष बनाउँछ । नेशनल लाइब्रेरी अफ मेडिसिनले प्रकाशित गरेको अध्ययनका अनुसार गुलाबको फूलमा रहेको गुणले दुखाइबाट राहत दिन्छ । यो शरीर सुन्निने, डिप्रेसन र एन्जाइटी जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूमा पनि धेरै प्रभावकारी साबित हुन सक्छ ।

यो इरेक्टाइल डिसफंक्शन जस्ता यौन समस्याहरूमा पनि प्रभावकारी हुन्छ । यस बाहेक गर्मीमा गुलाबको फूलबाट बनेको चिया सेवन गर्न सकिन्छ ।

लेमनग्रास

लेमनग्रास, शीतल गुण र अन्य पोषक तत्वहरूको पावर हाउस हो । लेमनग्रासले गर्मीमा शरीरलाई शीतलता प्रदान गर्दछ र छालाको सुन्निने जस्ता विभिन्न समस्याहरूको उपचार गर्न मद्दत गर्दछ । यसलाई आहारमा समावेश गर्ने सबैभन्दा सजिलो उपाय यसको चिया हो । तपाईं यसलाई सूप, करी आदिमा पनि थप्न सक्नुहुन्छ ।

हिबिस्कस फूलहरू

हिबिस्कस चिसो गुणहरूको लागि परिचित छ । हिबिस्कस चिया सेवनले शरीरको तापक्रम नियन्त्रण गर्न र हाइड्रेसनलाई बढावा दिन मद्दत गर्ने अध्ययनले देखाउँछ । जसका कारण यसलाई गर्मीमा उत्कृष्ट फूलको रूपमा चिनिन्छ । यसको चिया र सर्बतले तपाईंलाई ताजा रहन मद्दत गर्दछ ।

सौंफ

सौंफ परम्परागत रूपमा शरीरलाई चिसो बनाउन र पाचनमा सहायता गर्न प्रयोग गरिन्छ । यसको हुने एन्टिअक्सिडेन्टले अपचलाई कम गर्न मद्दत गर्दछ । तपाईं सौंफको चिया र सिरप लिन सक्नुहुन्छ । साथै, यसलाई माउथ फ्रेसनरको रूपमा चपाउँदा पनि फाइदा हुन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.