लाभांश पारित गर्न सूर्यज्योतिले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

  २०८० चैत ३० गते १९:३१     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आगामी बैशाख २१ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा आफ्नो १६औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो ।

उक्त निर्णय चैत २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

सभाले कम्पनीको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले चुक्ता पुँजीको १०.२६ प्रतिशतका दरले ४६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदै छ । साथै, बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको भिन्न अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यतावत राख्ने समितिको प्रस्ताव छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी बढेर पाँच अर्ब नाघ्ने छ ।
त्यसैगरी, सभाले आर्थिक वष २०७९/८० को वार्षिक प्रतिवेदन लगायतका विभिन्न विवरणहरु पारित गने छ ।

साथै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै बैशाख ६ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.