कलंकीको भाटभटेनीमा लागेको आगलागी नियन्त्रणमा (फोटोफिचर)

  २०८० चैत ३० गते १८:५५     विकासन्युज

काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ लागेको आगलागी दमकलमार्फत नियन्त्रणमा लिइएको हो ।

स्रोतका अनुसार जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो । आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.