ह्याम्स अस्पतालले पायो ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड

  २०८० चैत २० गते १३:४७     विकासन्युज

काठमाडौं । ह्याम्स अस्पताल ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ ।

न्यू बिजनेस एज प्रालिले आयोजना गरेको ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड ह्याम्सका अध्यक्ष आरएस भण्डारी तथा कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १० वटा संस्थागत र एउटा लाइफटाइम एचिभमेन्ट विधा गरी कूल ११ विधामा अवार्ड प्रदान गरिएको थियो ।

अन्य विधामा ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड होटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इयर’, ‘बेष्ट डेभलपमेन्ट बैंक अफ दि इयर’, ‘बेष्ट फाइनान्स कम्पनी अफ दि इयर’, ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ र ‘बेष्ट ननलाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ विधामा अवार्ड वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.