सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३० हजार पुग्यो

  २०८० चैत १६ गते ११:४६     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि १ लाख ३० हजार रुपैयाँनिर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  एक हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.