युट्युबबाट अर्बपति बनेका ‘टेक्निकल गुरुजी’ गौरव

  २०८० चैत १५ गते ८:५६     विकासन्युज

काठमाडौं । विश्‍वमा धनी व्यक्तिहरूको सूची बढ्‍दै गइरहेको छ । सुखमय जिन्दगी बिताउनका लागि मानिसलाई जीवनभरि धैरै नै परिश्रम गर्नुपर्छ । तर, केहीको जागिर यस्तो हुन्छ, कयौं वर्ष काम गरे पनि उनीहरूसँग बचतका लागि केही बाँकी रहँदैन ।

संसारमा केही यस्ता काम र जागिर पनि छन्, जो गर्ने मानिसहरू चाँडै र सजिलै करोडपति बन्न सक्छन् । पछिल्लो केही वर्षदेखि सूचना प्रविधिको विकास र विस्तारले विश्‍वभरि आफ्नो पकड जमाउन थालेपछि सामाजिक सञ्जाल युट्युबबाटै मानिसहरू करोडपति बन्‍न सफल भएका छन् ।

युट्युबबाटै अर्बपति भएका एक युवा हुन् भारतका गौरव चौधरी । सामाजिक सञ्जालमा मानिसहरूले उनलाई प्राविधिक गुरुजी भनेर चिन्छन् । भर्खरै गौरवलाई ‘द नेशनल क्रिएटर्स अवार्ड २०२४’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक विधामा उत्कृष्ट निर्माताको अवार्ड प्रदान गरेका थिए ।

उनले टेक्निकल गुरुजी र गौरव चौधरी नामका दुई युट्युब च्यानल चलाउँछन् । उनको सब्‍सक्राइबर करोडौं संख्यामामा छन् । यी विश्वमा सबैभन्दा धेरै हेरिने प्राविधिक च्यानल हुन् । युट्युबबाट बम्पर आम्दानी गरेका उनको जीवनशैली विलासी छ ।

प्राविधिक युट्युबर्सको दुनियाँमा फरक पहिचान

गौरवले प्राविधिक युट्युबर्सको संसारमा छुट्टै पहिचान बनाएका छन् । उनी टेक्निकल गुरुजीको रूपमा प्रसिद्ध छन् । युट्युबमा उनका अनगिन्ती फलोअर्स छन् ।

भारतमा मात्रै नभएर विदेशमा पनि उनको लोकप्रियता छ । एक साधारण इन्जिनियरबाट सबैभन्दा प्रभावशाली प्राविधिक व्यक्तित्वसम्मको उनको यात्रा गजबको छ।

आफ्नो मेहनत र सिर्जनशीलताका आधारमा उनले यो स्थान हासिल गरेका हुन् । अहिले उनले यसबाट करोडौं आम्दानी गरिरहेका छन् ।

अजमेरमा जन्मेर केन्द्रीय विद्यालय पढे

गौरवको जन्म सन् १९९१ मा राजस्थानको अजमेरमा भएको थियो । केन्द्रीय विद्यालयमा पढाइ सकेपछि उनले इन्जिनियरिङको डिग्री लिए । गौरव सधैं प्रविधिमा रूचि राख्थे।

उनमा पढाइमा फरक किसिमको लगाव थियो । उनले ११ कक्षा पढ्दा कोडिङ गर्न थाले । यसले उनको भविष्यका प्रयासहरूका लागि जग बसाल्यो ।

प्रविधिप्रति गौरवको जिज्ञासा बढ्दै गयो । उनको दिमागमा २०१२ को सुरुमा युट्युब च्यानल खोल्ने विचार आयो । तर, २०१५ सम्म उनले आफ्नो विचारलाई यथार्थमा परिणत गर्न सकेनन् ।

सन् २०१५ मा गौरवले आफ्नो युट्युब च्यानल सुरु गरेका थिए । जसको नाम ‘टेक्निकल गुरुजी’ थियो । गौरवको च्यानलले चाँडै लोकप्रियता हासिल गर्यो । आज उनको मुख्य च्यानलमा २ करोड ३५ लाख सब्सक्राइबर छन् । यसले उनलाई विश्वको शीर्ष प्राविधिक युट्युबर्समध्ये एक बनाउँछ ।

३ अर्ब ६० करोडको नेटवर्थ

गौरवको सफलतालाई धेरै कारणले श्रेय दिन सकिन्छ । पहिलो, जटिल टेक्नोलोजी अवधारणाहरूलाई सरल बनाउने र तिनीहरूलाई हिन्दीमा प्रस्तुत गर्ने उनको क्षमताले ठूलो संख्यामा दर्शकहरूलाई प्रभावित गरेको छ ।

सरल भाषा प्रयोग गरेर र अत्यधिक प्राविधिक शब्दावलीलाई बेवास्ता गरेर गौरवले सीमित प्राविधिक ज्ञान भएका दर्शकहरूले पनि उनको सामग्री बुझ्न सक्ने कुरालाई सुनिश्चित गर्दछन् ।

युट्युबमा गौरवको सफलताले उनको कमाई पनि बढेको छ । उनको कुल अनुमानित सम्पत्ति करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको छ ।

दुबईमा घर र लक्जरी कार

गौरवको दुबईमा घर छ । यसको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । उनको संग्रहमा ११ वटा कार छन् । उनको निलो रंगको रोल्स रोयस घोस्टको मूल्य ८ करोड भारु रहेको छ ।

मैकलेरन जीटी को मूल्य ४ करोड ७५ लाख रुपैयाँ छ । यो कार उनका दाजुले उपहार दिएका हुन् । गौरवको रेन्ज रोभर भोगको मूल्य २ अर्ब १० करोड भारु रहेको छ ।

उनीसँग पोर्श पानामेरा जीटीएस पनि छ । यसको मूल्य १ करोड ९० लाख रुपैयाँ छ । यसबाहेक उनीसँग पोर्श पानामेरा, मर्सिडीज बेन्ज जी क्लास, बीएमडब्लू ७५० लि लगायतका धेरै लक्जरी कार छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.