नेपालमा भाइबर सामाजिक सञ्जालका रूपमा सूचीकृत

  २०८० चैत १ गते ११:५९     विकासन्युज

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल एप भाइबर सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भाइबरले निर्देशिकाबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेपछि यसलाई सामाजिक सञ्जालको रूपमा सूचीकरण गरिएको हो ।

भाइबरपछि लिंक्डइन पनि सूचीकरण हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्न्यापच्याटले पनि सूचीकरणको प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ ।

सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा नेपालमा सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्ने उल्लेख छ ।

यसमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउने समेत उल्लेख छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.