२०८० फागुन ३० गते १५:२९ विकासन्युज
काठमाडौं । पछिल्लो समय निरन्तर ४ दिन बढेको पुँजी बजार बुधबार भने सामान्य अंकले करेक्सन भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.४८ अंकले घटेर २ हजार १०८.७२ अंकमा बन्द भएको हो । आज दिनभरिमा ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ७३ हजार ५०६ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
विकास बैंक समूह ०.३५ प्रतिशत, फाइनान्स समूह २.३२ प्रतिशत, जीवन बीमा समूह ०.०९ प्रतिशत, लघुवित्त समूह ०.४४ प्रतिशत, म्युचुअल फण्ड ०.४० प्रतिशत र अन्य समूह ०.४६ प्रतिशत बढेको छ । यस्तै, बैंकिङ समूह ०.१० प्रतिशत, होटल तथा पर्यटन समूह १.१४ प्रतिशत, जलविद्युत समूह १.०९ प्रतिशत, लगानी समूह ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशत, निर्जीवन बीमा समूह ०.५५ प्रतिशत र ब्यापार समूह ०.११ प्रतिशत घटेको छ ।
बुधबार विन नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत बढेर १ हजार ५१ रुपैयाँ पुगेको छ । यस्तै, उन्नति सहकार्य लघुवित्तको ९.५८ प्रतिशत बढेर १ हजार ५८९.९० रुपैयाँ, आत्मनिर्भर लघुवित्तको ९.२२ प्रतिशत बढेर २ हजार २३८ रुपैयाँ, समाज लघुवित्तको ९.०३ प्रतिशत बढेर १ हजार ९५७ रुपैयाँ र जनउत्थान सामुदायिक लघुवित्तको ७.८९ प्रतिशत बढेर १ हजार ७४ रुपैयाँ पुगेको छ ।
तर, बुधबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् २०.४० रुपैयाँ घटेर १८३.६० रुपैयाँ झरेको छ ।
आज शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको २५ करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, सोनापुर मिनिरल्सको २० करोड ६९ लाख ८३ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २० करोड ६३ लाख ३८ हजार रुपैयाँ, अपर तामाकोशीको १५ करोड ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.