‘व्यक्तित्व विकास’ सम्बन्धी आइआईएमएस कलेजले दियो विद्यार्थीलाई प्रशिक्षण

  २०८० माघ २९ गते १८:५२     विकासन्युज

काठमाडौं । आईआईएमएस कलेजले विद्यार्थीको ‘व्यक्तित्व विकास’ र ‘भावना व्यवस्थापन’बारे विद्यार्थीलाई प्रशिक्षण दिएको छ । प्लस टु सकेर बीबीएमा भर्ना भएका ‘फस्ट सेमेस्टर’का विद्यार्थीहरूलाई प्रशिक्षण दिएको कलेजले जनाएको छ । आइतबार गरिएको कार्यक्रममा फरक-फरक दुई विषयमा विद्यार्थीलाई प्रशिक्षण गराएको हो ।

आईएआईएमएस कलेजमा भर्ना भएका एक सय जना विद्यार्थीलाई दुई समूहमा विभाजन गरी प्रशिक्षण दिएको हो । आईआईएमएसमा बीबीए पहिलो समेस्टरमा एक सय जना नयाँ विद्यार्थी भर्ना भएका छन् । उनीहरूलाई केन्द्रित गरी कार्यक्रम गरिएको हो । नयाँ विद्यार्थिहरूलाई विश्वविद्यालयको अभ्यास थाहा नहुने भएकाले पनि यस्ता प्रशिक्षणात्मक कार्यक्रम जरुरी हुने स्टुडेन्ट क्लब एण्ड इभेन्ट लिडर श्रेया खड्काले बताइन् ।

‘प्लसटुपछि कलेजमा अध्ययन गर्न आउँदा फरक हुन्छ,’ उनी भन्छिन्,‘ कलेजमा आउँदा नयाँ साथी, नयाँ टिचर्स, फरक माहोल हुन्छ , यस्तो माहोलमा कसरी आफू प्रस्तुत हुने विद्यार्थीलाई थाह हुँदैन, कलेजले गर्ने यस्ता कार्यक्रमले विद्यार्थीलाई फाइदा हुन्छ,’ उनले भनिन् । कलेजले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तिगत क्षमतादेखि मान्छेसँग कसरी प्रस्तुत हुने र कस्तो व्यवहार गर्ने भन्नेबारे जानकारी हुन्छ ।

यस्तो सिकाइले चार वर्ष कलेजमा कसरी पढ्ने ? कस्तो व्यवहार गर्ने ? भन्नेमा सुरुको सिकाइले प्रभाव पार्छ । विद्यार्थीले पनि यसबाट आफुहरूलाई फाइदा भएको बताएका छन् । व्यक्तित्व विकासको कुरा सबैलाई आवश्यकपर्छ । कति कुरा कहाँ, कहिले, कसरी गर्ने भन्ने कुरा धेरैलाई थाहा हुँदैन , म को हुँ भन्ने पनि यसबाटै सिकिने भएकाले यस्तो कार्यक्रम विद्यार्थीलाई आवश्यक पर्ने खड्का बताउँछिन् ।

यस्तै, विद्यार्थीलाई आफ्ना भावनाको व्यवस्थापन कसरी गर्ने भन्नेबारे जानकारी गराउन ‘म्यानेजिङ इमोशन एण्ड माइन्ड फुल्नेस’सम्बन्धी प्रशिक्षण दिइएको छ । कलेजका शिक्षक रोजल जोशी आजभोलिका युवाहरूलाई यस्तो जानकारी निकै महत्वपूर्ण रहेको बताउँछन् ।

उनी भन्छन्,‘ प्लस टुबाट भर्खर कलेज आउँदा अनेक भावनाहरू आउँछन्, ती भावनाको व्यवस्थापन कसरी गर्ने भन्ने धेरैजसोलाई थाहा हुँदैन, विद्यार्थी शारीरिकमात्र होइन मानसिक रूपमा पनि तयार रहनुपर्ने भएकाले यस्तो कार्यक्रम गरिएको हो ।

कलेजले सर्टिफिकेटमात्र दिनुभन्दा पनि व्यवहारिक जीवनमा लागू हुने सीप सिकाउन आवश्यक रहेकाले यस्ता कार्यक्रमहरू गर्दै आएको कलेजले जानकारी दिएको छ । विद्यार्थीलाई पाठ्यक्रममा रहेको ज्ञानमात्र नभइ गैरशैक्षिक मुल्य वृद्धि पाठ्यक्रमबारे पनि जानकारी आवश्यक छ । शिक्षक जोशी एकेडेमिकभन्दा बाहिर बजारमा भिज्न पनि यस्ता कार्यक्रम आवश्यक हुने बताउँछन् । कलेजले अर्को कार्यक्रम आगामी आइतबार गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.