क्लोज अप नेपालले एजट्याग नजिकआउ डिजिटल अभियानलाई दियो निरन्तरता

  २०८० माघ २४ गते १३:४१     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी टूथपेष्ट ब्राण्ड क्लोज अप नेपालले ‘भ्यालेन्टाइन्स् डे’ को अवसरमा आफ्नो एजट्याग नजिकआउ डिजिटल अभियानलाई निरन्तरता दिएको छ ।

‘भ्यालेन्टाइन्स् डे’ को अवसर पारेर क्लोज अप नेपालले एजट्याग नजिक आउ वेब सिरिज समेत सुरुवात गरेको छ । जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निष्कर्ष निधारण गर्न सक्नेछन् ।

कथालाई दर्शकहरुले कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्ने छन् । उक्त कथामा गरिएको कमेन्टबाट कथालाई निष्कर्ष दिने कम्पनीले जनाएको छ ।

साथै, क्लोजअप नेपालको वबसाईट मा सहभागीहरुले दैनिक क्विज खेल्न सकने छन् । जसमा लभ नोटस् लेखी आकर्षक उपहारहरु जित्न सक्ने छन् ।

चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरुमा प्रदर्शन हुने छन् । साथै, तीन भाग्यशाली सहभागीहरुले काठमाडौंको ५ तारे होटलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभव गर्न सक्नेछन् भने क्लोजअपबाट आकर्षक उपहारहरु समेत पाउने कम्पनीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.