ब्रिटिस काउन्सिलले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ वार्षिकोत्सव मनाउँदै

  २०८० पुष २६ गते १६:०८     विकासन्युज

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ वार्षिकोत्सव मनाउने भएको छ । काउन्सिलले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावबारे ६५औँ वर्ष स्मरण गर्नेछ ।

बेलायत नेपालमैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरूबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्ने बताइएको छ ।नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोषेढुङ्गाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे ।

सो अवसरमा उनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थायी रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहरूबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरूलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’

त्यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भने, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरूलाई सङ्केत गर्दछ । दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरूबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउँदछ ।’

बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अशंका रूपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यसयता, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरूमा यो भरपर्दो साझेदारका रूपमा बिकास भएको छ, जसका प्रभाव लाखौँ जनताहरूबीच पुगेका छन् । ब्रिटिस काउन्सिल नेपालको देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरे ।

‘विगतका ६ दशकहरूमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरूसँग मिलेर लाखौँबीच पुग्न सकेका छौँ । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रूपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ,’ उनले जोड दिए ।

लण्डनस्थित मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरूमा गरेका प्रयासहरू र उल्लेख्य योगदानहरूलाई प्रष्टाएको छ ।

विगतका ६५ बर्षहरूमा ब्रिटिस काउन्सिलले साझेदारीहरूलाई अभिबृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रमहरूमार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।

प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ २० १ जेक्यू, बेलायतमा सर्बसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.