आइएसएमटी कलेजले मनायो ‘आइएसएमटी कार्निवल २०२३’

  २०८० पुष १२ गते १६:३९     विकासन्युज

काठमाडौं । आइएसएमटी कलेजमा अध्यनरत बीएचएमका विद्यार्थीले आइएसएमटी कार्निवल २०२३ मनाएका छन् । बिहीबार कलेजमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम मनाइएको हो ।

‘आइएसएमटी कार्निवल २०२३’मा बीएचएममा अध्यनरत विद्यार्थीहरूले कक्षा कोठामा पढेका कुरालाई कसरी व्यवहारमा उतार्ने भन्ने विषयमा अभ्यास गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरूले स्टल बनाइ आफै सामाग्री उत्पादन गरी बिक्रीका लागि राखेका थिए ।

उनीहरूले कफी, पानीपुरी, मोमो, चटपटे आफै बनाएर राखेका थिए । यस्ता क्रियाकलापले विद्यार्थीको सिकाइसँगै क्षमता अभिवृद्धि हुने कलेजले जनाएको छ । यो कार्यक्रम आफ्नो पठ्यक्रम अन्र्तगत अभ्यासका लागि गरिएको बिएचएममा अध्यनरत विद्यार्थी निशा शाहले बताइन् ।

उनी भन्छिन्, ‘हामीले कसरी व्यवसाय गर्ने भन्ने कुरा किताबमा पढ्छौँ तर, अभ्यासमा कसरी ल्याउने भन्ने जानेका हुँदैनौँ, पढेका कुराको अभ्यास गर्न कार्यक्रम गरेका हौँ, यो हाम्रा लागि पढाइको थप सिकाइ हो । ’ यस्तो सिकाईले भोलिका दिनमा काम गर्न मद्यत पुग्ने विद्यार्थीको अपेक्षा छ ।

आइएसएमटीका बिजनेस डेबलभमेन्ट हेड बासुदेव वस्तीले विद्यार्थीले आफ्नो पाठयक्रममा आधारित कार्यक्रम गरेको बताए । उनले भने,‘ विद्यार्थीको म्यानेजमेन्ट कोर्र्स हुन्छ, त्यो अन्तर्गत उनीहरूले कार्स पुरा गर्दा सम्म यस्तै दुई पटक कार्यक्रम गर्नुपर्छ । जुन यो पार्टअफ करिकुलम हो । ’

कलेजले २०११ देखि युकेको सम्बन्धनमा बीएचएम, बीबीएस, आइटीका कोर्सहरू सुरु गरिरहेको छ । ब्रिटिश पाठ्क्रम डेलिभरी गरिरहँदा विद्यार्थीले पढाइ सकिसकेपछि क्षमता अभिवृद्धिका लागि पाठ्यक्रम अन्तर्गत जे पढ्नुपर्छ, त्यही कुरालाई व्यवहारिक रुपमा कार्यन्वयन गर्न कार्यक्रम गरेको वस्तीले बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीलाई हरेक स्केलबाट पढिरहेको कुरालाई व्यवहारमा लागु गर्न सहज हुने गरेको उनी बताउँछन् । उनी थप्छन्, ‘यो कार्यक्रमका लागि विद्यार्थीले छुट्टै टोली बनाएको हुन्छ । जसबाट फाइनान्स कसरी म्यानेज गर्ने, टिमवर्क कसरी डेवलप गर्ने, मार्केटिङ कसरी गर्ने, यो सँगसँगै रिसोर्स म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुराको जानकारी लिने गर्दछन् ।’

कार्यक्रम गरिसकेपछि विद्यार्थीहरू आफुले गरेको काम कस्तो भयो ? कसरी गरियो भनेर आफै विश्लेषणात्मक रिपोर्ट बनाउने गर्दछन् । सिकेको कुरालाई व्यवहारमा लागु गर्ने अवसर बनाउनु नै आफुहरूका लागि ठुलो कुरा रहेको उनीहरूको भनाइ छ । यस्ता कार्यक्रमले विद्यार्थीको थेउरीमा मात्र सिकाइ नभएर भोलि जुन इन्ड्रस्टीमा आवद्ध हुन्छन् त्यसमा सहयोग पुग्ने विद्यार्थी सुजन पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.