व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन : अध्यक्ष ढकाल

  २०८० मंसिर २० गते १०:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लगानी कर्ताको हिसाबले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको जानकारी दिए । कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए । नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको बताए ।

‘हामी धेरै विकसित देशमा गएका छौँ, मलाई लाग्छ, नेपालमा जस्तो अवसर अन्त छ जस्तो लाग्दैन । जुन हिसावको यहाँ अअवसर छ । अमेरिकामा यहाँ भन्दा एकदमै बेटर भएको भए इन्भेष्टरको हिसावले तपाई त्यहीँ नै लगानी गर्नुहुन्थ्यो होला । नियमनकारी निकायको समन्वय भयो भने यो किसिमको सञ्चालन गरेको व्यवसाय राम्रो हुन्छ । नेपालमा साच्चै अवसर छ । निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्रीसँग बसेर हामीले बलियो आवाज उठाउँदै आएका छौँ’, उनले भने ।

अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.