चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

  २०८० कार्तिक ३ गते १५:३७     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउन यो वर्ष सटल बस राख्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा उनले यस्तो बताएका हुन् ।

जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्ट आफूले बन्द गराएको उनले बताए । कन्सर्ट बन्द गरिँदा चिडियाखानाका वन्यजन्तु आरामसाथ निदाउन पाएको उनले उल्लेख गरे । उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

‘यसपटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि, जावलाखेलको चिडियाघरभन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो मध्यरातसम्म, बाघभालुलाई सुत्नै डिस्टर्ब हुने गरी । तसर्थ, मैले त्यो बन्द गरिदिएँ,’ उनले भने, ‘अहिले बाघभालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरू छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’

मेयर महर्जनले ललितपुर महानगरलाई आउँदो दुई वर्षभित्र नमुनास्तरको बनाइने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.