सेरेस ब्राण्डका ईभीमा हुवावेको टेक्नोलोजी, २० दिनपछि नेपालमा

  २०८० भदौ ६ गते १३:४६     विकासन्युज

काठमाडौं । विश्वकै अग्रणी ‘टेलिकम जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपाली अटो बजारमा प्रवेश गर्ने घोषणा गरेको छ । विश्वका ७० भन्दा बढी देशमा उपस्थिति रहेको सेरेसले एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधनको बजार नेपाललाई आफ्नो नयाँ गन्तव्य छनोट गरेको हो ।

चिनियाँ कम्पनीले इलेक्ट्रीक कार बनाउन स्थापना गरेको ‘डेडिकेटेड’ ब्रान्ड सेरेस नाडा अटो शोमा सार्वजनिक हुन लागेको हो । एमएडब्लू ग्रुपले सेरेस ब्रान्डलाई नेपाल ल्याउन लागेको हो । हुवावे र सेरेसले केही साताअघि मात्रै आफ्नो साझेदारीलाई विस्तार गर्दै ईभी विकास गर्ने घोषणा गरेका थिए ।

यी दुई कम्पनीले यो वर्षको अन्तसम्ममा हुवावेको ‘एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ भएको आफ्नो पहिलो ‘आइटो–ब्रान्डेड’ कार सार्वजनिक गर्ने योजना बनाएका छन् । अहिले नेपाल आउन लागेको मोडल सेरेस-३ मोडलमा भने हुवावेको टेक्नोलोजी प्रयोग हुने छैन ।

हुवावेको सहयोगमा सेरेसले सन् २०२६ सम्ममा १० लाख इलेक्ट्रीक कार उत्पादन गर्ने लक्ष्य राखेको छ । उनीहरुले सहकार्यमा आविष्कार केन्द्रको स्थापना गर्ने पनि जनाइसकेको छ । सेरेसले हालसम्म एक लाखभन्दा बढी इलेक्ट्रीक कार डेलिभर गरिसकेको छ ।

प्रविधिको हब मानिने अमेरिकाको ‘सिलिकन भ्याली’मा स्थापना भएको सेरेस ब्रान्डलाई प्राविधिक विशिष्टताका कारण इभी क्षेत्रमा अग्रज मानिन्छ ।

हुवावे र सेरेसबीचको नयाँ सम्झौताअनुसार बन्ने इलेक्ट्रीक कार बिल्कुल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ । यसका लागि सेरेरले औद्योगिक संसाधन र नयाँ प्रविधि तथा प्रक्रिया उपलब्ध गराउनेछ ।

त्यसैगरी, हुवावेले ‘स्मार्ट’ र ‘इनोभेटिभ इन्टरफेस’, ‘एड्भान्स्ड स्मार्ट ड्राइभिङ्ग टेक्नोलोजी’ र पछिल्लो ‘हार्मोनी अपरेटिंग सिस्टम सफ्टवेयर इकोसिस्टम’ बाट चल्ने ‘ककपिट’ उपलब्ध गराउनेछ ।

सेरेसले ‘सिलिकन भ्याली’मा मात्र नभई ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ । ईभीको उपलब्धतालाई सहज र दिगो बनाउनले उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दीर्घकालिन लक्ष्य लिएको छ ।

सेरेर नविनतम प्रविधिको विकास गर्न चीनमा मात्र होइन अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एन्ड डेभलपमेन्ट विंग’लाई संचालन गर्दै आएको छ । ‘ड्राइभिङ’लाई थप पर्यावरण-मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

आउँदो २६ भदौ (२० दिनपछि)बाट सुरु हुने नाडा अटो शोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस-३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.