५५ करोड नाफा गरेको नेको इन्स्योरेन्सको ईपीएस २७.४९ रुपैयाँ

  २०८० साउन ३१ गते ८:२६     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक बर्षको चौथो त्रैमासमा ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १.५२ प्रतिशत बढी नाफा गरेको हो ।

गत असारसम्म कम्पनीले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

अघिल्लो वर्ष ८७ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले गत असारसम्म ८७ करोड १४ लाख रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ, जगेडा कोष ४९ करोड १३ लाख रुपैयाँ र बीमा कोष १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २७.४९ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ २७९.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३२.४२ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.