सपोर्ट लघुवित्तले एनपीएल ह्वात्तै घटाउँदा १३२ प्रतिशत बढ्यो नाफा

  २०८० साउन १९ गते ७:०८     विकासन्युज

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १३२.२३ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९७ लाख रुपैयाँ खुद आर्जन गरेको थियो ।

लघुवित्तले गत वर्ष खराब कर्जा (एनपीएल) ह्वात्तै घटाएपछि नाफा बढ्न पुगेको हो । लघुवित्तको खराब कर्जा ६.७३ प्रतिशत घटेर १.८३ प्रतिशतमा झारेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ८.५६ प्रतिशत थियो ।

गत आर्थिक वर्षको असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँ, सञ्चालन नाफा ४२ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ करोड ५२ लाख रुपैयाँ, जगेडा कोष ७३.७७ प्रतिशत बढेर ५ करोड २० लाख रुपैयाँ, निक्षेप १२.६१ प्रतिशत बढेर ३० करोड ३३ लाख रुपैयाँ, सापटि ११.५१ प्रतिशत बढेर १ अर्ब ६ करोड १९ लाख रुपैयाँ र कर्जा लगानी ११.९३ प्रतिशत बढेर १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ५.४४ रुपैयाँबाट घटेर २.८१ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.