साढे २ लाख रुपैयाँ लगानीमा कालीकोटमा नेपाली कागज उद्योग, ४ जनालाई रोजगारी

  २०८० असार १७ गते ६:५२     विकासन्युज

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा नेपाली कागज उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । स्थानीयस्तरका पाइने कच्चा पदार्थ सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले नेपाली कागज उद्योग सञ्चालन गरेको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

‘२ लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी कागज उद्योग सञ्चालन गरिएको हो, गाउँपालिकाले ३ वर्ष पहिलेदेखि स्थानीय कच्चा पदार्थबाट हुने उत्पादनलाई लघु उद्योग स्थापनालाई प्राथमिकतामा राख्दै आएको छ,’ उनले भने ।

गाउँमै उत्पादन हुने कच्चा पदार्थ सेतोवढु सदुपयोग हुने र गाउँमै रोजगारी पाउने आएको स्थानीय राजबहादुर सहकारीले बताए । ‘गाउमै केही गरौँ भन्ने युवाहरू मिलेर कागज उद्योगको स्थापना गरेका छौँ, यसले स्थानीयलाई रोजगारी दिन सहयोग पुगेको छ,’ उनले भने ।

गत वैशाखमा स्थापना भएको उद्योगबाट हालसम्म दुई सय थानभन्दा बढी नेपाली कागज उत्पादन भइसकेको टोप्ला लघुउद्यम विकास समूहका अध्यक्ष जसमल बोगटीले जानकारी दिए ।

‘नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी खरिद गरी ल्याइएका छौँ, कागज बनाउनका लागि आवश्यक कच्चा पदार्थ गाउँमै उत्पादन हुने गरेको छ,’ उनले भने । उद्योगमा ४ जना स्थानीयले रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.