२०८० जेठ २३ गते १७:०१ विकासन्युज
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले डिजिटल ट्रेड फाइनान्स नेटवर्क कम्पनी कन्टूरसँगको साझेदारीमा नेपाल राष्ट्र बैंकसँग ब्लकचेनको बारेमा ज्ञान आदान प्रदान सत्र सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजीका फाइदाहरू, यो प्रयोग गरिएको केसहरु र यसले वर्तमान प्रणालीको असक्षमताहरू हटाएर व्यापार वित्तलाई कसरी मद्दत गर्न सक्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी (डिएलटी)ले व्यापार वित्तिय लागत कम गर्न र प्रभावकारिता बढाउन विश्वव्यापी व्यापारलाई संगठित बनाउँदै गइरहेको छ ।
व्यापार रुपान्तरणको लागि डिएलटीको प्रयोगले एउटै प्लेटफर्ममा खरीददार र विक्रेतालाई तत्काल पहुँच र वास्तविक समय दृश्यता प्रदान गर्दै लेनदेन, रियल टाइम ट्रान्जेक्सन हेर्न सक्दछन् ।
कन्टूर अन्तराष्ट्रिय व्यापारमा लामो समयदेखि रहेको असक्षमतालाई हटाउन विश्वका ५० देशका अग्रणी ट्रेड बैंक र उद्योग साझेदारहरुमा स्थापना भएको हो ।
उक्न अन्तकृिया कार्यक्रममा निकै नै लाभादायी भएकाे बैंकले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.