घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ : रवि लामिछाने

  २०८० जेठ ११ गते ११:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टीलाई बजाउन मात्र नभएर घण्टीले बजाउन पनि मिल्ने बताएका छन् । उनका विरुद्ध अदालतमा मुद्धा परेपछि र संघिय संसदमा समेत आवाज उठ्न थालेपछि यस्तो बताएका हुन् ।

उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन् । उनका विरुद्ध युवराज पाैडेल (सफल)ले दाेर्साे पटक पनि अदालतमा अर्काे मुद्धा दर्ता गरएका छन् । सोही विषयलाई उल्लेख गर्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुने बताए ।

आफ्ना विरुद्ध आवाज उठाउनेलाई स्पष्टिकरण दिँदै उनले भने, ‘सर्वोच्च अदालतको वि.सं.२०७९ माघ १३ गतेको फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ ।’

अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रहरी कार्यालय काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको उनले बताए ।

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले जेठ ९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु, यसको जानकारी र सक्कल बमोजिम नक्कल वि.सं. २०७५ असार ६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ, टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.