आइएमई लाइफको नाफामा ८० प्रतिशत छलाङ, अधिकांश सूचकमा फड्को मार्याे

  २०८० वैशाख २० गते ७:३८     विकासन्युज

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अन्तिम तयारीमा रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८० प्रतिशत बढेर १८ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । .गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २१.९४ प्रतिशत बढेर २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३७ प्रतिशत बढेर ७९ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कुल बीमा शुल्क २२.१३ प्रतिशत बढेर २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

सीमक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ८१ प्रतिशत बढेर १ अर्ब १० करोड ५ लाख रुपैयाँ, जीवन बीमा कोष ४३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

तथ्याङ्क अनुसार कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८२ प्रतिशत बढेर ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.