डिजेलको मूल्य घट्ना सार्वजनिक सवारीको भाडा किन घटेन ?

  २०७९ चैत २७ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले चैत २० गते राती १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेलमा प्रतिलिटर १० र पेट्रोलको मूल्य ३ रुपैयाँले घटायो ।

निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन (बढाउने वा घटाउने) गरेको भोलिपल्ट नै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको मूल्य समायोजन गर्ने गरेको थियो । तर चैत २० गते एकैपटिक लिटरमै १० रुपैयाँले डिजेलको मूल्य घट्दा यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको छैन् ।

यातायात व्यवस्था विभागले भने ५ प्रतिशतभन्दा बढी मूल्य समायोजन नहुँदा सार्वजनिक सवारीको भाडा समायोजन नभएको जनाएको छ ।

विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई यसअघि पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा (डिजेलको मूल्य बढ्दा भाडा नबढाईको) भाडा समायोजन नभएका कारण कारण अहिले सार्वजनिक सवारीको भाडादर परिवर्तन नभएको बताउँछन् ।

‘५ प्रतिशतभन्दा बढी मूल्य समायोजन हुँदा सार्वजनिक सवारीको मूल्य समायोजन हुनुपर्ने हो, तर अहिले ५ प्रतिशत नपुग्दा समायोजन नभएको हो’, उनले भने, ‘यसअघि निगमले समायोजन गरेको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन भएको थिएन, सोहीलाई आधार बनाउँदा अहिले घटेको मूल्य ५ प्रतिशत भएन ।’

उनका अनुसार सार्वजनिक सवारी साधनको मूल्य समायोजन गर्ने यातायात व्यवस्था विभागले नभएर अटोमेटिक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.