पिएनजीमाथि नेपालको सानदार जित, ७ ओेभरमै जित्यो खेल

  २०७९ फागुन २९ गते १२:४७     विकासन्युज

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मानेपालले पिएनजीमाथि सानदार जित हासिल गरेको छ । नेपालले ७.४ ओभरमै पिएनजीमाथि जित हासिल गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

२१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए ।

पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.