दरबारमार्ग एक घण्टा लागि बन्द गरिँदै

  २०७९ फागुन १५ गते ११:०६     विकासन्युज

काठमाडौं । दरबारमार्गका व्यवसायीहरूले सोमबार एक घण्टा सटर बन्द गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएपछि व्यवसायीहरूले विरोध गर्दै एक घण्टा सटर बन्द गर्ने लागेका हुन् ।

दरबारमार्ग विकास बोर्डका कार्यालय सचिव यज्ञराज पाण्डेले सोमबार साँझ दरबारमार्ग भित्र सञ्चालन भएका पसलका सटर साढे ४ बजेदेखि साढे ५ बजेसम्म बन्द गर्न लागिएको जानकारी दिए ।

महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारामा गरिँदै आएको पार्किङ हटाएको थियो । सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गर्दै आएका छन् ।

अहिले पनि महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्थापन नगरी पार्किङ हटाएको भन्दै दरबारमार्गमा व्यवसायिले आक्रोश समेत व्यक्त गरिरहेका छन् । सो ठाउँमा पार्किङ गर्न पाउनु पर्ने व्यवसायिहरुको माग छ ।

‘हामीले सो ठाउँमा पार्किङ महानगरले हटाएपछि निरन्तर आन्दोलन गर्दै आएका छौं, अब साधारण आन्दोलनले भएन अब दबाब दिनु पर्यो भनेर सटर बन्द गर्न लागेका हौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.