३ ब्रोकर कम्पनी परे सेबोनको कारबाहीमा

  २०७९ माघ ४ गते १०:०६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले तोकेको समयमा विवरण नबुझाएकोले ३ कम्पनी कारबाहीमा परेको हो ।

बोर्डको कारबाहीमा पर्ने ३ ब्रोकरमध्ये धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनीले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

साथै, धितोपत्र दलाल व्यवसायीहरु त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेरियल सेक्यूरिटिज कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ९४० बमोजिम समयमा विवरण पेश नगर्ने उल्लेखित धितोपत्र दलाल व्यवसायीहरु प्रत्येकलाई बोर्डले रु पचहत्तर हजार रुपैयाँका दरले जरिवाना गरेको बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.