भिभो वाई २२ सिरिजमा यस्ता छन् विशेषता

  २०७९ माघ ३ गते १६:३८     विकासन्युज

काठमाडौं । भिभोले युवा प्रयोगकर्तालाई केन्द्रित गर्दै वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू वाई २२ र वाई २२एस सार्वजनिक गरेको छ । भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन् ।

वाई २२ र वाई २२ एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा रहेको छ । यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ । त्यस्तै वाई २२ को मेटाभर्स ग्रीन र वाई २२ एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिंग प्रविधिहरू मार्फत बनाइएको छ ।

वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ । यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन् । साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ । वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरिय जीवन्त दृश्य प्रदान गर्दछ । साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्शन मोड पनि छ ।

उत्कृष्ट गुणस्तरको क्यामेरा र पर्फमेन्शका लागि ब्याट्रीको पनि उत्तिकै अहम भूमिका हुन्छ । भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाईप सी चार्जर छ । यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन् । वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ । वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढि टिक्छ ।

दुबै मोडेलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ । यसको भिडियो फेस ब्यूटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ । पछाडिको क्यामेरामा, सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरूलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरू खिच्न अनुमति दिन्छ ।

अर्कोतर्फ, मल्टि स्टाइल पोट्रेटले व्यक्तिगत पोट्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि विभिन्न पोट्रेट सुविधाहरु प्रदान गर्दछ । फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ, जसले तपाईंलाई उज्यालो, स्पष्ट सेल्फीहरू लिन सक्षम बनाउँछ । सुपर नाइट सेल्फी मोडले कम उज्यालो अवस्थामा शीर्ष ग्रेड सेल्फी पोट्रेटहरू खिच्न मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.