एसवाई बजारको टिकटक प्रतियोगिताबाट रविले पाए डेढ लाख

  २०७९ माघ १ गते १७:२६     विकासन्युज

काठमाडौं । एसवाई बजारले आयोजना गरेको टिकटक प्रतियोगिताबाट रवि मुक्तानले डेढ लाख रुपैयाँ जितेकी छिन् । अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल गर्न सकिने एसवाई बजारले आयोजना गरेको प्रतियोगितामा प्रथम भएका मुक्तानले पुरस्कार वापत उक्त रकम पाएका हुन् ।

एसवाई बजार कम्पनीले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ९ लाख रुपैयाँ जित्ने मौका ल्याएको थियो । आइतबार कम्पनीले उक्त प्रतियोगिताको विजेता घोषणा गर्दै प्रतियोगीहरूलाई नगद र सम्मानसहितको कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै, उक्त प्रतियोगितामा दुई जना दोस्रो भएका छन् । दोस्रो हुनेमा टिकटकर हेमन्त पाण्डे र अजय श्रीस मगर रहेका छन् । उनीहरूले प्रतिव्यक्ति १/१ लाख नगद रुपैयाँ पाएका छन् ।

यसै गरी टिकटकर विषेश सिंगदेल (बलिभाई), रेश्मा राई र गोकुल नकर्मी (रेभ स्क्वाड) तेश्रो भएका छन् । यी तीन जनाले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

कम्पनीका अनुसार नमु न्यौपाने/गोपा कृति, अस्मिता भुजेल र जीके डान्स एकेडेमी चौथो भएका छन् । कम्पनीले उक्त प्रतियोगितामा चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ ।

यस्तै, कम्पनीले पाचौंमा ५ जनालाई छनोट गरेको छ । जसमा अञ्जन न्यौपाने, रमेश बुढाथोकी, अशोक क्षेत्री, रविन अधिकारी, मयुर बस्नेत र सुरोज तामाङ रहेका छन् । उनीहरूले प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।

कम्पनीले गत मंसिर २५ गतेदेखि सो प्रतियोगिता सुरु गरेको थियो । जसमा आएका भिडियोहरूलाई कम्पनीले विभिन्न आधारमार्फत उत्कृष्ट भिडियोको रूपमा छनोट गरेको हो । जसमा २० प्रतिशत लाइकको आधारमा, ५० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र २० प्रतिशत भिउज, धेरै सेयर र कमेन्टको आधारमा उक्त प्रतियोगीहरू छनोट भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.